• Sunday 18th of October 2026

मधेस केन्द्रीत तीन पार्टीबिच कार्यगत एकताकाे घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेस केन्द्रीत दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबिच कार्यगत एकता भएको छ । आइतबार ती दलले कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन् ।

यसअघि तमलोपा र जनता प्रगतिशीलबिच कार्यगत एकता भएको थियो । सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो । जनता प्रगतिशिल पार्टीले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖