• Friday 16th of October 2026

यो स्थानमा मनी प्लान्ट राख्दा घरबाट सुख शान्ति हट्छ


  • धनकुटा खबर
  • .

काठमाडौँ – मनि प्लान्ट घरभित्रै रोप्न मिल्ने एक प्रकारको लहरे विरुवा हो । मनी प्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ । घर भित्र र बाहिर सजावटका लागि मनी प्लान्ट रोप्ने गर्दछौं । मनी प्लान्टले घरको हरियाली मात्र नभई घरलाई अझ सुन्दर पनि बनाउँछ। घरमा मनी प्लान्ट लगाउनाले परिवारको आर्थिक अभाव पनि हट्ने जनविश्वास रहेको छ ।

वास्तुशास्त्रमा मनी प्लान्टलाई धनको प्रतीक मानिन्छ। यस बिरुवाको धेरै फाइदाहरू छन् । यसलाई सही ठाउँमा राखेर र यसको उचित हेरचाह गर्न सके घरमा सुख प्राप्त हुन्छ । अन्यथा त्यसलाई जताभावी राखे उल्टै घरबाट सुख शान्ति हटेर जानेछ ।

वास्तुशास्त्रमा रूख र बोटबिरुवाको विशेष महत्व छ। वास्तुमा मनी प्लान्टलाई विशेष मानिन्छ । आर्थिक संकट हटाउन र आर्थिक अवस्था सुधार्न घरमा मनी प्लान्ट लगाउनु शुभ मानिन्छ । मनी प्लान्ट भएको घरमा लक्ष्मीको कृपा हुने जनविश्वास रहेको छ ।

वास्तुशास्त्रका अनुसार मनी प्लान्ट रोप्ने केही विशेष नियमहरू छन्। यदि यी वास्तु नियमहरू पालना गरिएन भने घरमा फाइदाको सट्टा हानि देखापर्छ। मनी प्लान्ट रोप्दा के के कुरामा ध्यान दिनुपर्छ जानौँ ।

वास्तु अनुसार यसरी रोप्नुहोस् मनी प्लान्ट

वास्तुमा दिशाको विशेष महत्व छ। मनी प्लान्ट उत्तर-पूर्व दिशामा कहिल्यै लगाउनु हुँदैन। यसो गर्नाले घरमा गरिबी आउँछ । जसका कारण परिवारका सदस्य आर्थिक संकटमा परेका छन् ।

मनी प्लान्टलाई कहिल्यै सुकाउन दिनु हुँदैन। वास्तुका अनुसार सुख्खा मनी प्लान्टले घरमा अशुभ ल्याउँछ। यदि यसको पातहरू सुके वा पहेंलो भएमा, यसलाई तुरुन्तै हटाउनु पर्छ। सुख्खा पातहरू हटाउँदा मनी प्लान्टको नयाँ पातहरू बढ्न थाल्छ।

मनी प्लान्ट घर बाहिर कहिल्यै लगाउनु हुदैन । बाहिरी व्यक्तिको ध्यान त्यसमा परे मनी प्लान्टको बृद्धि रोकिन्छ भन्ने मान्यता छ । जसका कारण घरको आर्थिक प्रगति पनि रोकिन्छ । त्यसैले यो बिरुवा सधैं घर भित्र रोप्नु पर्छ।

मनी प्लान्ट सधैं पूर्व वा दक्षिण पूर्व दिशामा लगाउनुपर्छ। यो दिशालाई भगवान गणेशको दिशा मानिन्छ। यस दिशामा मनी प्लान्ट लगाउनाले घरमा चाँडै सुख-समृद्धि आउन थाल्छ।

वास्तुका अनुसार मनी प्लान्टको बेलले जमिन छुनु हुँदैन किनभने यसको बेल तल झारेमा आर्थिक नोक्सान हुन्छ । मनी प्लान्ट जति बढ्छ, त्यसरी नै मानिसको प्रगति हुन्छ।

वास्तुशास्त्र अनुसार मनी प्लान्टको व्यापार गर्नु हुँदैन । यो अशुभ छ। यसो गर्नाले शुक्र ग्रह क्रोधित हुन्छ र व्यक्तिलाई आर्थिक समस्याको सामना गर्नु पर्छ। मनी प्लान्ट सधैं सफा ठाउँमा राख्नुपर्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖