• Friday 16th of October 2026

झापाको भगवती प्लाइ उद्योगमा तीन घन्टादेखि आगलागी,१० वटा दमकल प्रयोग गरी आगो निभाउने प्रयास जारी


  • धनकुटा खबर
  • .

झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ।
मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगो नियन्त्रणमा आएको छैन।

अहिले भित्रि भागमा आगो बलिरहेको छ। सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन्।

भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖