• Friday 16th of October 2026

रहेनन् १० पटकसम्म स्वतन्त्र उठेर वडाध्यक्ष जितेका व्यञ्जनकार


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २८ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।

व्यञ्जनकारको उपचारका क्रममा आइतबार ८२ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

उनी ललितपुर–१० मा २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । दसपटक सम्म स्वतन्त्र उम्मेदवार भएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका व्यञ्जनकार गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए। नरसिंहले ५४३ मत ल्याउँदा रविनमानले ८२५ मत ल्याएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖