• Sunday 18th of October 2026

साढे २ वर्षपछि क्रिकेट खेल्न घरेलु मैदानमा पूर्वकप्तान पारस खड्का


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् ।उनी रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् ।

पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।उनले सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीको नेतृत्व गरेका छन् । उक्त टीमले पहिलो खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीसँग खेल्दैछ । लेजेन्डस १९९६ को नेतृत्व लेखबहादुर क्षेत्रीले गरेका छन् ।

यसअघि गत चैतमा पारसले टीम एसियन लायन्सबाट लिजेन्डस् क्रिकेट लिग खेलेका थिए । दुई खेल खेलेका पारसले १३ बलमा ११ रन जोडेका थिए । कतारमा भएको प्रतियोगिताको उपाधि पारस सम्मेलित एसियन लायन्सले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖