• Sunday 18th of October 2026

प्रचण्डलाई रोक्न कांग्रेस एक्शनमा


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतको विपक्षमा मत हाल्न अपिल गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिनको लागि आजै ह्वीप जारी गरेका छन् । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै कांग्रेस सचेतक लेखकले आफ्ना सांसदहरुलाई विश्वासको मत नदिनको लागि ह्वीप जारी गरेका हुन् । नेपाली कांग्रेसले दाहाललाई विश्वासको मत लिन नदिनको लागि हरसम्भव प्रयास गर्ने भनेर तयारी थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖