• Sunday 18th of October 2026

नारायण दाहाल प्रचण्डको सहोदर भाइ होइनन्, भद्दा मजाक नगरौँः दीपशिखा


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ फागुन । भोलि हुन लागेको राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केनद्रले नारायाण् दाहाललाई उम्मेदवार बनाएपछि माओवादीमा आलोचना र विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातामा भाई पर्ने दाहाललाई उम्मेदवार बनाईपछि विवाद र आलोचना भएको हो ।

आलोचना गर्नेहरुले प्रचण्डले परिवारबाद त्याग्न नसकेको भन्दै आलोचना गरिरहेका छन् । नारायाण दाहाल २५ चैत ०७९ मा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । माओवादीमा अध्यक्ष बन्न हालकी उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीले आकांक्षा राखेका थिए । ६ वर्षे कार्यकाल भएका सुवेदीलाई अध्यक्ष बनाउन केही नेताहरुले दवाव दिएपनि अन्तत दाहाल नै उम्मेदवार बनेपछि आलोचना भएको हो ।

आलोचना बढ्दै गएपछि उनीनिकटका नेताहरु बचाउमा उत्रिएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा वाईसीएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले भने नारायाण दाहाल प्रचण्डका सहोदर भाई नभएको तर्क गरेका छन् ।

‘कमरेड नारायण दाहालमाथि भद्दा मज्जाक नगरौँ’, उनले सोमबार सामाजिक सञ्जालमा भनेका छन्। ‘पहिलो कुरा-पार्टी स्थायी समितिका सदस्य नारायण दाहाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको सहोदर भाइ होइनन्। दोस्रो कुरा, २०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका नेता हुन्।’

उनले नारायण दाहालले जनयुद्धमा पनि योगदान दिएको तर्क गरेका छन्। ‘जनयुद्धमा जीवन संगिनी, दुई छोराहरू लगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय राखेका हुन्’, उनले नारायण दाहालबारे भनेका छन्, ‘पार्टी पदाधिकारी बैठकको सर्वसम्मत निर्णयले उनी राष्ट्रियसभाको उम्मेदवार भएका हुन्। दाहाल थर हुनुबाहेक अरु कमजोरीबारे पार्टीका फोरमहरूमा छलफल गरौँ। समाजिक सञ्जालमा होइन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖