• Sunday 18th of October 2026

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेकी छिन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापति पनि थिइन् ।

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौँका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौँ महानगर समितिका सह-सचिव सन्तोष रायमाझी, दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रही अवकाश प्राप्त विजय प्रताप शाह, नेपाली सेनाबाट अवकाश प्राप्त कृष्णजंगबहादुर सिंह, व्यवसायी तथा समाजसेवी सुभाष विष्ट लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए । नवप्रवेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको विचार व्यक्त गरिन् । पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भूमिका दिने भन्दै सङ्गठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖