कैलाली । धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ९८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट मृत्यु भएको हो ।
स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको र कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
रानाको हत्या अभियोगमा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ बर्सिया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
