काठमाडौं । आज बिहान ललितपुरको भैँसेपाटीको जंगलमा एक युवकको शव फेला परेको छ । ललितपुर प्रहरीका अनुसार अन्दाजी ३०/३२ वर्षका युवकको शव फेला परेको हो । शवको पहिचान भएको छैन । अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।