काठमाडौं । सत्तारुढ दल नेकपा एकिकृत समाजवादीको कारण राष्ट्रियसभा अध्यक्षको निर्वाचन रोचक बनिरहेको छ । आज बिहान ११ बजे सुरु हुने निर्वाचन हुन केहीसमय मात्र बाँकि रहँदा एकिकृत समाजवादी अर्निणत भइदिंदा निर्वाचन रोचक हुने देखिएको हो । बर्तमान गठबन्धन जोगाउने या भत्काउने निर्णायक खेलमा यत्तिखेर माधव नेपाल देखिन्छन् ।
राष्ट्रियसभाको अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्माको उम्मेदवारी छ । सत्ता गठबन्धनमै रहेको एकिकृत समाजवादीले अहिलेसम्म कस्लाई मतदान गर्ने भन्ने विषयमा अर्निणत छ ।
एकिकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग लिखित संझौता नगरे राष्ट्रियसभाको अध्यक्षका लागि मतदान नगर्ने बताउँदै आइरहेको छ । राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य हुनुहुन्छ । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद हुनुहुन्छ । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद हुनुहुन्छ । सत्तासाझेदार अर्को दल रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट हुनुहुन्छ ।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद हुनुहुन्छ । लोसपाका एक, राष्ट्रिय जनमोर्चा काएक सदस्य हुनुहुन्छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि सदस्य हुनुहुन्छ । गौतमले कता भोट हाल्छन्, खुलाइसक्नुभएको छैन ।
नेकपा एसले सत्ता गठबन्धनलाई मतदान नगरे बर्तमान गठबन्धनसमेत धरापमा जाने देखिन्छ । नेकपा एस गठबन्धन तोडे भोली प्रधानमन्त्री पुष्पकमल दाहालले लिने भनिएको विस्वासको मत पनि प्रभावित हुन सक्छ । -चक्रपथ
