• Sunday 18th of October 2026

प्रचण्ड र ओलीसँग माधव नेपालको लिखित सहमति, ‘पावर शेयरिङ’ मा ग्रीन सिग्नल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको ८ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।

आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्तापछि अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्।

यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए। अब नेकपा एसले पनि हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ।

लिखित सहमतिपछि राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेकपा एसका एक नेताले बताए। ती नेताका अनुसार पावर शेयरिङको विषयमा नेकपा एसले उठाएको मागप्रति प्रधानमन्त्री प्रचण्ड र ओली सकारात्मक भएका छन्।

ती नेताले भने, प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पाटीले उठाएको विषयमा उहाँहरू सकारात्मक हुनुहुन्छ। तर, कतिवर्ष भन्ने अहिलेसम्म टुंगिएको छैन। हामीले सबै प्रदेशमा सम्मानजनक सहभागिता खोजेको छौँ। अब लिखित सहमतिमा हस्ताक्षर गरेपछि सहमतिमै अघि बढ्छौं।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖