• Sunday 18th of October 2026

नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश बिक सहित पदाधिकारीहरु सर्वसम्मत चयन


  • धनकुटा खबर
  • .

बैतडी । नेकपा एमाले बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सर्वसम्मत चयन भएका छन् ।

हिजोदेखि सुरु भएको अधिवेशनले बिक सहित पदाधिकारीहरु लाई सर्वसम्मत चयन गरेको नेताहरुले बताएका छन् ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ । सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्न समय लागेकाले घोषणा गर्न बाकिँ रहेको छ ।

सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖