• Sunday 18th of October 2026

मनोनीत सांसद वामदेवले गरे दाहालका पक्षमा मतदान


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रियसभाका मनोनीत सांसद वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नारायण दाहालका पक्षमा मतदान गरेका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा भएको अध्यक्षको निर्वाचनमा उनले सत्ता गठबन्धनका साझा उमेदवार दाहालका पक्षमा मतदान गरेका हुन् ।
तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुलेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का दाहाल पनि राष्ट्रपतिबाट मनोनीत भएका थिए । उनी नेपाली कांग्रेसका उमेदवार युवराज गौतमलाई पराजित गर्दै राष्ट्रियसभा अध्यक्ष चयन भएका हुन् ।

अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा हुनासाथ गौतमले उठेर बधाई दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖