• Friday 16th of October 2026

एक पुरुषको शव फेला, हत्या गरिएको आशङ्का


  • धनकुटा खबर
  • .

सुर्खेत । वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर–९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेल मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार ११ बजे पटेल आफू सुतेको घरमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए । उनको हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ ।

घाँटीमा गहिरो चोट लागेको र घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेकाले हत्या भएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख खड्काले बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖