• Sunday 18th of October 2026

रन्जितालाई रेशमले भने – मैले तिमीलाई सम्झाउन सकिन प्रिय, बुढाबुढीका कारण पार्टी डुब्ने भो !


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीच सरकारमा जाने र नजाने बारे विवाद छ ।

श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

सो बारे सामाजिक सञ्जालमा लेख्दै रेशमले रन्जितालाई सम्झाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले रन्जितालाई सम्झाउन आफू कैलालीबाट काठमाडौं आए पनि सम्झाउन नसकेको बताए ।

‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न,’ रेशमले लेखेका छन्, ‘अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि ! अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्ने वाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।’

उनले फेसबुकमार्फत् गठबन्धन साना दललाई सिध्याउन हो, हामी कसैका पछाडि नलागौँ, पार्टी निर्माणमा जुटौँ भन्दै आग्रह गरेका छन् । ‘सन्दर्भ : घर झगडा हुँदै होइन, विषय राजनैतिक हो,’ उनले लेखेका छन्, ‘मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’

यस्तै रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभएर विवसता भएको टिप्पणी गरे । ‘मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो, हार होईन । मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖