• Sunday 18th of October 2026

१८ बर्षमै हेडमास्टर बनेका भट्ट ७३ बर्षमा प्रदेश प्रमुख


  • धनकुटा खबर
  • .

धनगढी : गण्डकी प्रदेशको प्रमुखमा धनगढीका डिल्लीराज भट्ट सिफारिश भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य समेत रहेका भट्टलाई नेपाल सरकारले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गर्न सिफारिश गरेको हो । मन्त्रीपरिषदको बैठकले भट्ट सहित मधेस प्रदेशका लागि सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न मन्त्रीपरिषदले सिफारिश गरेको हो ।

२०२१ सालबाट राजनिति शुरु गरेका भट्ट ७३ बर्षका पुगे । शिक्षण पेषा संगै राजनिति शुरु गरेका भट्ट १८ बर्षकै उमेरमा बिद्यालयका प्रधानाध्यापक समेत बनेका थिए । सुकुम्बासी आयोगको अध्यक्ष समेत बनेका उनि भद्र नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖