• Friday 16th of October 2026

लोकसेवाले माग्यो ५३७ खरिदार


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ३० । लोकसेवा आयोगले ५३७ जना खरिदारका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ। यही चैत २० सम्म दरखास्त दिन सकिने छ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖