• Sunday 18th of October 2026

‘नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वास मत दिन्छ’ : रन्जिता


  • धनकुटा खबर
  • .

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यवहार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।उनले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार फागुन २८ गते बिहान साढे ७ बजे बालिकालाई श्रेष्ठले यौन दुर्व्यवहार गरेका थिए ।
उनलाई बुधबार डेराबाटै पक्राउ गरी बालबालिका विरुद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖