• Sunday 18th of October 2026

हङकङ त्रिदेशीय सिरिजको फाइनलमा नेपालले पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । हङकङमा जारी त्रिदेशीय टि–२० सिरिजको फाइनलमा आज नेपालले पपुआ न्यू गिनीविरुद्ध खेल्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

हिजो लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो। हिजो नै भएको खेलमा पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६।१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो। पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोडेको छ भने दुई खेल खेलेको नेपालले तीन अंक बनाएको छ। हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट बञ्चित भयो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖