• Sunday 18th of October 2026

मलाई धोकाको आरोप केपी ओलीले लगाउँदा हुन्छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई केपी शर्मा ओलीले ‘धोकेवाज’को आरोप लगाउन मिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘धोकाको आरोप त मलाई केपी ओलीजीले लगाउन मिल्छ, एउटाले प्रधानमन्त्री बनाउने अनि छोडेर अर्कोसँग गठबन्धन गर्ने !’

कांग्रेसले आफूलाई धोकेवाज भनेको प्रतिवादस्वरुप प्रचण्डले यस्तो तर्क गरेका हुन् । उनले कोशीको मुख्यमन्त्रीमा एउटा समझदारी गर्ने अनि अर्कैलाई मुख्यमन्त्री बनाउने काम धोका हो कि होइन भनेर प्रश्नसमेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖