• Sunday 18th of October 2026

प्रतिनिधिसभा बैठकबाट बाहिरिए नाउपाका सांसदहरु


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किरहेका बेला पार्टीका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
अध्यक्ष श्रेष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा छिन् भने चौधरी नदिने पक्षमा छन् । उनले विश्वासको मत दिन ह्वीपसमेत जारी गरेकी थिइन् । यता, चौधरीले भने बुधबार बिहान पार्टीका सांसदलाई विश्वासको मत नदिन लिखित निर्देशन दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖