• Sunday 18th of October 2026

कतिपय साथीहरुले त बूढो कांग्रेस भन्नुहुन्छ, मैले छिप्पिएको मात्रै भन्छु : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले सत्तामा हुँदा आफूलाई सत्ता पक्षको भूमिकामा उभ्याउन नसकेको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब प्रतिपक्षमा रहँदा आफू भूमिका निर्वाहबारे परिपक्वता देखाउन उनले आग्रह गरे ।

‘सत्तापक्षमा हुँदा यहाँहरुले सत्तापक्षको भूमिकामा कमी गर्नुभयो । त्यो रियालाइज गर्दा पनि हुन्छ । अब प्रतिपक्षमा फेरि आएपछि यत्तिको छिप्पिएको, कतिपय साथीहरुले त बूढो कांग्रेस भन्नुहुन्छ, मैले छिप्पिएको मात्रै भन्छु । यत्तिको छिप्पिएको कांग्रेसले अब त परिवक्ता दखाउन सक्नुपर्छ नि त भन्ने मेरो आग्रह हो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖