• Friday 16th of October 2026

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट पैदल यात्री गोदावरी नगरपालिका-१ का ७० वर्षीय वासुदेव खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖