काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुने छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शून्य र विशेष समयमा सांसदहरूलाई बोल्न दिइने छ ।
साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ुसङ्घीय निजामती सेवा विधेयक, २०८०ु लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
