• Monday 19th of October 2026

सुन काण्डमा अर्थमन्त्री पुन जोडिएको विषयमा संसद्मा उठ्यो प्रश्न


  • धनकुटा खबर
  • .

काठमाडौं,१ चैत । नेपाली कांग्रेसले विवादमा मुछिएका सांसदहरुलाई मन्त्री बनाईएको भन्दै सरकारसँग जवाफ माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरिन् ।

उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो ? यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖