• Monday 19th of October 2026

इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, १ फागुन । इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बुलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश न. १ पुनः नामाङ्कन सयुक्त सङ्घर्ष समितिले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी साझा उम्मेदवार घोषणा गरेको हो ।

‘इलाम जिल्ला क्षेत्र नं. २ मा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट प्रदेश नं. १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका सङ्घर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बुलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौं,’– समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

थेगिम इलामे जनताको दुःख–सुखको साथी बनेर सामाजिक एवम् भौतिक विकास, रोजगारी निर्माण कार्यमा अगुवाई गर्ने अठोटका साथ अगाडि बढेको बताइएको छ ।संघर्ष समितिले थेगिमलाई अत्याधिक बहुमतले जिताउनख सम्पूर्ण इलामवासीलाई आग्रह गरेको छ ।

थेगिमलाई किरात उाक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश न. १ पुनः नामाङ्कन अभियान समितिले समर्थन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖