• Friday 16th of October 2026

पशुपतिको जंगलमा किशोरीको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको पशुपतिको जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए ।

थापा केहीदिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी थिइन् उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घर बाट निस्केकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖