• Friday 16th of October 2026

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो ।

उनलाई गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहारका मनीषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन् ।

कन्चटमा गोली लागेर घाइते भएका साहलाई उपचारका लागि गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

(यस अघि मनि ट्रान्स्फर हुनु पर्नेमा ग्लोबल आइएमइ बैंकको नाम उल्लेख हुन गएकोमा क्षमायाचना सहित पु:न सच्चाइएको छ ।)

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖