• Friday 16th of October 2026

यिनै हुन् मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने लुटेराहरू


  • धनकुटा खबर
  • .

रौतहटमा शुक्रवार दिउसो मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने ३ जना लुटेराको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको परोहा नगरपालिका वडा नं. ९ रामपुरखाप बजारमा रहेका शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुनिफ कुरा यादव , राजाकुमार पासवान र भानसिंह रहेको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीका अनुसार गोली प्रहार गर्ने तीन जना भारतीय नागरिक नागरिक हुन् ।

गोली प्रहारबाट साह घाइते भएका छन् । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको आशङ्का गरिएको छ ।

पक्राउ परेकाहरूको साथबाट हतियार समेत बरामद भएको छ । घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖