• Friday 16th of October 2026

डिम्याट खातामा अचानक ५९ लाख बढी आएपछि…


  • धनकुटा खबर
  • .

दाङ । डा. कैलाश न्यौपानेको डिम्याट खातामा बुधबार अचानक ५९ लाख बढीकाे शेयर आएको छ । दाङको तुलसीपुर-५ निवासी डा.न्यौपानेको डिम्याट खातामा ५९ लाख ६९ हजार ४६० रूपैया रकमकाे ३२ हजार बढि शेयर कित्ता आएकाे हाे। डिम्याट खातामा ठुलो रकम बराबरकाे शेयर आएपछि उहाँले सामाजिक संजाल फेसबुकमा कसरी फिर्ता गर्ने भनेर लेख्नुभएको छ ।

उहाँलाई अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३२ हजार ६२० कित्ता डिम्याट खातामा आएको हो । अप्पर तामाकोशी बुधबार प्रतिकित्ता १८३ मा बिक्रि भएको थियो । बिहिबार (आज) १८८ सम्म पुगेको छ । आजको रकम जोड्दा झन् बढी हुने उहाँले बताउनुभयो ।

उहाँले ५ हजार ८ सय ७६ हजार कित्ताको शेयर रकम आउनुपर्नेमा ३२ हजार ६२० कित्ता बढीको शेयर डिम्याट खातामा आएको हो । ‘झण्डै ५९ लाख बढीको शेयर खातामा आएको छ ।’ उहाँले भन्नुभयो-‘फिर्ता गर्ने केहि उपाय थाहा छैन् ।’

राइट शेयर र बोनस गरेर ५ हजार ८ सय ७६ कित्ता शेयर आउनुपर्नेमा बढी कित्ता शेयर डिम्याट खातामा आएपछि अचम्ममा परेको उहाँले बताउनुभयो । ‘कर्मचारीको लापरबाही नै हो ।’ उहाँले भन्नुभयो-‘फिर्ता गर्न सकिन्छ, तर झन्जटिलो हुन्छ होला ।’

डा. न्यौपाने तुलसीपुरस्थित राप्ती आयुर्वेद चिकित्सालयका सुचना अधिकारी हुनुहुन्छ भने कञ्चन आयुर्वेद तुलसीपुरका संचालक हुनुहुन्छ ।-e-तुलसीपुर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖