काठमाडौंको जडीबुटीबाट बेपत्ता ६० वर्षीय अर्जुन लामा मृत अवस्थामा भेटिएका छन् ।
चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।
एसएसपी खनालका अनुसार, केही दिनअघि पिकनिकमा गएका बालबालिकाले त्यहाँबाट एक जना व्यक्ति हामफालेको जस्तो देखिएको भन्दै खबर गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरेर खोजी गरिएको उनी बताउँछन् ।
‘ड्रोन उडाएर खोजि गर्दा पनि नभेटिएका लामाको आज शव खोल्सातिर अड्किएको र बगाएर हल्का तल ल्याएपछि भेटिएको एसएसपी खनालले बताए।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, लामाको परिवारले फागुन २२ गते घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए । प्रहरी क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा उनको खोजी गरिरहेको थियो ।
प्रहरीले घटनाको कारणबारे अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको बताएको छ ।
