• Friday 16th of October 2026

विवाह प्रस्ताव नमानेपछि सुष्माको हत्या


  • धनकुटा खबर
  • .

होमपेज
राजनीति
नेपाल प्रेस
नेपाल पैरवी
समाज चित्र
वित्त प्रेस
कलाप्रेस
खेल
स्वास्थ्य-जीवनशैली
प्रवास
विविध

काठमाडौं। काठमाडौंको गोकर्णेश्वरमा एक युवकले विवाह गर्न नमानेपछि छिमेकमा बस्ने युवतीको हत्या गरेका छन्। माघ २२ गते बिहान कलेज हिँडेकी १९ वर्षीया सुस्मा लामा घर नफर्किएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए।

घटनाको झन्डै एक महिनापछि गोकर्णश्वर-३ तारेभिर नजिकै शिवपुरी जंगलमा फागुन २४ गते एक व्यक्तिको शव दुई वटा हात जमिनबाट बाहिर निस्किएको अवस्थामा भेटिएको थियो।

जुत्ता, कलेजको युनिफर्मलगायत आधारमा आफन्तले उक्त शव सुस्माको भएको सनाखत गरेका थिए। शव भेटिएको झन्डै १० दिनपछि प्रहरीले सुस्माको हत्या गरेको आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रुपेन्द्र संलग्न रहेको दाबी गर्दै आइतबार उनलाई सार्वजनिक गरेको छ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रुपेन्द्रले पटक पटक राखेको विवाह गर्ने प्रस्ताव सुस्माले अस्वीकार गर्दै आएकी थिइन्।

माघ २२ गते बिहान घरबाट निस्किएकी सुस्मालाई पछ्याएका रुपेन्द्र अन्तिम पटक प्रस्ताव राख्ने र नमाने हत्या गर्ने योजनामा पुगेका थिए।

‘सुस्माले आफू विदेश जाने योजनामा भएको र विवाहको कुनै मनस्थिति नभएको बताएपछि रुपेन्द्रले हातले टाउकोमा हानेर बेहोस बनाएको देखिन्छ। त्यसपछि मरेको आशंकामा खाल्डो खनेर पुरेको देखिन्छ’, एक अनुसन्धान अधिकारी भन्छन्।

मृतक युवतीको भित्र घाँटीभन्दा तलसम्म माटो भएका कारण उनलाई जिउँदै गाडिएको प्रहरीको आशंका छ।

घटनापछि रुपेन्द्रले मृतक युवतीको मोबाइल र पुस्तकहरू लिएर आफ्नै घर गएका थिए। सुस्माले विवाह गरेर भागेजस्तो देखाउन उनले एउटा नव विवाहित दम्पत्तीको तस्बिर एडिट गरेर त्यसमा सुस्माको फोटो राखेको र युवकको फोटो छोपेको अवस्थामा फेसबुकमा पोस्ट गरेको प्रहरीले दाबी गरेको छ।

सुस्माको फेसबुक अकाउन्टमा आफूले विवाह गरेको र केही दिनपछि आउने लेखिएको थियो। तर भोलिपल्ट उनका आफन्तले प्रहरीमा उजुरी गरेपछि माघ २६ गते रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरी किन प्रहरीमा गएको, आफूले विवाह गरेको जान्दा जान्दै भन्दै धम्की दिएकी थिइन्। त्यसयता प्रहरीले सुस्माको खोजी गरिरहेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖