• Friday 16th of October 2026

शालिन मृत्यु प्रकरणः प्रधानाध्यापक देवकोटासहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ चैत । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा झुण्डिएको अवस्थामा फेलापरेकी १४ वर्षीय शालिन पोखरेलको मृत्यु प्रकरणमा प्रधानाध्यापक बालहरि देवकोटासहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

शालिन मृत्यु प्रकरणमा प्रधानाध्यापक देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको हो ।

शालिनका बुबा दीपेन्द्रले उक्त घटना असामन्य रहेको भन्दै ३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । शालिनको पोस्टमार्टम रिपोर्टले उनको हत्या नभएर आत्महत्या भएको पुष्टि गरेको थियो । साथै, शालिनले लेखेको भनिएको सुसाइड नोट पनि उनकै भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖