• Friday 16th of October 2026

विराटनगर नर्स हत्या प्रकरण : चन्द्रिका अर्कै युवकसँग लागेको भन्दै हत्या, आरोपित प्रेमी पनि मृत भेटिए


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन् ।

स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।

मोरङ प्रहरीका अनुसार नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरमा हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बाथरुममा शव भेटिएको थियो । शिवशंकर र चिन्द्रिका चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिराहाका एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।-अनलाइन नेपालबाच

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖