• Friday 16th of October 2026

तीन जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित पोखरीमा सोही ठाउँ ५० वर्षीय मंगल बहादुर तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै पर्वतको पैयु गाउँपालिका-५ भोटेगौँडास्थित सिँचाइको कुलोमा सोही गाउँपालिका-५ माछाकाँडे बस्ने ७६ वर्षीय नन्दलाल तिवारी सोमबार मृत अवस्थामा फेला परेका छन् । उता तनहुँको ऋषिङ गाउँपालिका-१ ठाँटीस्थित लुन्द्री थापाको घरमा सोही गाउँपालिका-२ बस्ने निजकै दाइ ५२ वर्षीय गुञ्ज बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖