• Friday 16th of October 2026

यसरी सशस्त्रको गोताखोरले निकाल्यो नदीबाट बेपत्ताको शव


  • धनकुटा खबर
  • .

काठमाडौँ, चैत ६ गते । तीन दिनदेखि हराइरहेका ५० वर्षीय बीरबहादुर विकको शव सशस्त्र प्रहरीको गोताखोरले चैत्र ६ गते ब्रम्हायणी नदीमा फेला पारेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका २ कल्लेरी बस्ने विकको चैत्र ४ गते अपरान्ह सिन्धुपाल्चोकस्थित ब्रम्हायणी नदी किनारामा मोवाइल, घडी र स्टकोट फेला परेको थियो ।

घटनाबारे जानकारी पाएपछि नं. १६ गण सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले खोजीकार्य गरिरहेको थियो । सो टोलीसँगै विकको खोजीको लागि नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट सात जना गोताखोरसहित १६ जनाको फौज परिचालन गरिएको थियो ।

गोताखोरले मङ्गलबार दिउसो विकको शव सोही नदीको करिब २० फिट गहिराइबाट निकालेको शसस्त्र प्रहरीका डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖