• Friday 16th of October 2026

आजको मौसम : यी स्थानमा हुने छ मेघ गर्जनसहित वर्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ – अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी ,मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको छ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ ।

यसैको परिणाम आज दिउसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖