• Saturday 17th of October 2026

एकाबिहानै लिम्बुले गरे श्रीमतिको हत्या,आफुले नि गरे आत्महत्या


  • धनकुटा खबर
  • .

बेलबारी । बुधबार करिब बिहान ०१:४० बजेको समयमा जिल्ला मोरङ बेलबारी नगरपालिका १ स्थित भेडा टोल बस्ने निर्मला राईको घरमा बिगत ४ बर्ष देखी भाडामा बस्दै आएका बर्ष अन्दाजी.६० वर्षको बम बहादुर लिम्बु र आफ्नै श्रीमती बर्ष अन्दाजी ४५ कि गिता लिम्बु बीच आन्तरिक कारण बादबिबाद हुँदा बम बहादुर लिम्बुले श्रीमति गिता लिम्बुलाई धारिलो हतियार दाउले प्रहार गरी हत्या गरीएको छ।

घाईते बनाएको भनि बिहान ०१:५० बजे ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराउन साथ ईप्रका बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको नेतृत्वमा टोली घट्ना स्थलतर्फ बुझ्दा निज महिलाको मृत्यु भईसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

घटना स्थल सुरक्षित राखेको, उक्त घटना घटाउने बम बहादुर लिम्बुले सोहि दाउले आफ्नो घाटिमा रेटि घाईते भई गम्भिर अबस्थामा रहेकोले तत्काल उद्दार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगीगएको थियो। लिम्बुको अबस्था घाँटिमा गहिरो चोट तत्काल बोल्न नसक्ने गम्भिर, उक्त घटना स्थलमा दाउ, मार्तड समेत फेला परेका, उक्त घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनास्थल ईप्रका बेलबारी बाट अन्दाजी १ किमि उत्तरमा रहेको बुझिएको छ।

उक्त घाईत डम्बर लिम्बुलाई नोबेल अस्पताल बिराटनगर पुऱ्याउनसाथ चिकित्सकले चेकजाच गरी आज बिहान बुधबार ०३:२० बजे मृत घोषणा भएपछि शव कोशि अस्पताल बिराटनगर तर्फ पठाएको ईलाका प्रहरी बेलबारीले जनाएको छ ।-सुन्दरहरैंचा अपडेट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖