• Saturday 17th of October 2026

काठमाडौंमा पानी पर्न सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं— काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ। अहिले ललितपुरको इमाडोल, ग्वार्को, सातदोबाटो, हरिसिद्धिलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकाका बाँकी क्षेत्रमा पनि बिहानैदेखि धुम्म भएको छ। आकाश खुलेको छैन भने बिहानै चिसो महसुस भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।

त्यस्तै आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖