• Saturday 17th of October 2026

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे आठ वर्षीय छोरा


  • धनकुटा खबर
  • .

मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले गएराति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेका हुन् । पहिला धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेर बम बहादुरले घाटी रेटेर आत्महत्या गरेको कार्कीले बताए ।

बमबहादुरलाई गम्भीर घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उद्धारगरी विराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको ८ वर्षका छोरा भने भागेर बाँचेका छन् । हत्याको कारण भने खुलिनसकेको उनले बताए ।

उनीहरू बेलबारी–१ भेडा टोलमा निर्मला राईको घरमा ४ वर्षदेखि डेरागरी बस्दै आएका थिए । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीको भनाइ छ । -लोकान्तर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖