• Saturday 17th of October 2026

१९ वर्षपछि बेचिएका जुम्ल्याहा दिदी बहिनीको मिलन


  • धनकुटा खबर
  • .

जन्मिने बित्तिकै बेचिएका जुम्ल्याहा दिदी बहिनीको १९ वर्षपछि भेट भएको छ। यी दिदी बहिनीको नाम एमी खवितिया र एनोसर तानिया हो। सोसल मिडियामार्फत उनीहरूको चिनजान भएको थियो। यी दुई दिदीबहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढा बस्दथे।

उनीहरूलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन तर एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट सोका कारणले उनीहरूबीच भेट भयो। एमीले जर्जिया गट ट्यालेन्ट नामक टेलिभिजन रियालिटी सो हेरिरहेकी थिइन्। उनको ध्यान आफ्नो जस्तै अनुहार भएकी एकजना प्रतिस्पर्धीमा गयो।

उनीहरू त्यतिबेला १२ वर्षका थिए। ११ वर्षको उमेरमा उनीहरूले एउटै नृत्य प्रतियोगितामा भाग लिएका थिए। त्यहाँ मानिसले उनीहरू जुम्ल्याहा जस्तो अनुहार भएको भनेर कुरा गरे तर उनीहरू वास्तवमै जुम्ल्याहा भएको कुरा रहस्यमै रह्यो त्यतिबेला । अन्ततः टिकटक नै उनीहरूलाई भेट गराउने माध्यम बन्यो। एनोले टिकटक भिडियो हेर्दा ठ्याक्कै आफूजस्तै देखिने निलो कपाल भएकी केटी देखिन्। त्यसपछि उनीहरूबीच भर्चुअल्ली परिचय तथा कुराकानी भयो।

डिजिटल दुनियाँमा एक अर्कालाई देखे पछि अन्ततः सन् २०२१ मा उनीहरूले भेटघाट गरे, राजधानी तिबिल्सीस्थित रुस्ताभेली पुलमा। अनि मात्र उनीहरूको लुकेको अतीतको खुलासा भयो। एमी र ऐनोको जन्म सन् २००२ मा भएको थियो।

जुम्ल्याहा छोरी जन्माएसँगै आमा कोमामा गइन्। त्यसपछि पिता गोचागखारियाले जुम्ल्याहा छोरी बिक्री गरे। एमी जुगडिडीमा हुर्किन् भने ऐनो तिबिल्सीमा हुर्किन्। दुवै जनालाई एकअर्काको अस्तित्वबारे पत्तो थिएन। सो सल मिडियामार्फत जोडिएका दिदीबहिनीले १९ वर्षपछि आफ्नी आमासँग भेट गर्ने निधो गरे।

आफ्नी वास्तविक आमासँग भेट गर्न उनीहरू सफल भए। त्यो भेट निकै नै कारुणिक पीडाले भरिएको थियो। आमाले आफू कोमाबाट निस्किएपछि छोरीहरूको बारेमा सोध्दा उनीहरू मरेको जवाफ दिइएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖