दैनिक भान्सा कोठामा प्रयोग हुने केही यस्ता सामान जसले खानामा रंग ल्याउनुका साथै मानिसको जीवनमा पनि रंग भर्छ। भान्सा कोठामा प्रयोग गरिने बेसार हिन्दू धर्ममा निकै शुभ मानिन्छ। बेसार धार्मिक अनुष्ठानमा पनि प्रयोग गरिन्छ। ज्योतिष र वास्तुशास्त्र दुवैमा बेसारको विशेष महत्त्व उल्लेख गरिएको छ। बेसार पूजादेखि लिएर धेरै शुभ कार्यमा यसको प्रयोग गरिन्छ।
वास्तु शास्त्रमा बेसारका धेरै उपायहरु बताइएको छ, जसले जीवनका धेरै समस्याहरू समाधान गर्दछ। जान्नुहोस् बेसारका केही महत्त्वपूर्ण उपायहरूबारे जसको कारण माता लक्ष्मीको कृपा प्राप्त हुन्छ।ज्योतिष शास्त्र अनुसार बिहीबार भगवान विष्णुलाई समर्पित हुन्छ। बिहीबार बेसारको विशेष महत्त्व छ। यस दिन भगवान विष्णुले माता लक्ष्मीको साथमा श्री विष्णुलाई बेसारको तिलक लगाई पूजा गरेर आशीर्वाद प्राप्त गर्नुहुन्छ।
यस दिन बेसारको गाँठोको प्रयोग गर्नाले कुण्डलीमा बृहस्पति बलवान हुन्छन्। यस दिन पर्समा बेसारको एक गाँठो राख्नाले बृहस्पति ग्रहसँग सम्बन्धित दोष हट्छ।बिहीबार पर्समा बेसारको एक टुक्रा बेसार राखेमा व्यक्तिको फसेको धन फिर्ता हुने भनिन्छ। पर्समा बेसारको एक गाँठो राख्नाले पर्समा माता लक्ष्मीको स्थायी वास हुन्छ र पर्स कहिल्यै खाली हुँदैन। ज्योतिषशास्त्रका अनुसार पर्समा बेसारको एक गाँठो राख्नाले राहु-केतु दोषबाट मुक्ति मिल्छ।
र जीवनमा आउने समस्याबाट छुटकारा मिल्नेछ।ज्योतिषशास्त्र अनुसार बेसारको सम्बन्ध बृहस्पति ग्रहसँग छ। भनिन्छ बृहस्पतिले जीवन र स्वास्थ्यको रक्षा गर्दछ। वास्तुशास्त्रका अनुसार लक्ष्मी माताको आशीर्वाद कायम राख्न बेसारको टुक्रा तिजोरीमा राख्नु निकै लाभदायक हुन्छ। यसका लागि रातो वा पहेँलो रंगको कपडामा बेसारको टुक्रा राख्दा धनको प्रवाह भइरहन्छ।
