काठमाडौं । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै खोल्सामा घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकैको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ती किशोरीको शव बुधबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । किशोरी १८ वर्ष जतिकी भएको प्रहरीले अनुमान गरेको छ ।
शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । किशोरीको शव पोष्टमार्टमका लागि राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
