• Saturday 17th of October 2026

काठमाडौँ र ललितपुरमा लाखौँ बराबरको चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका-२ बस्ने रामकृष्ण पाण्डेको घरमा चोरी भएको हो ।

कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख रुपैयाँ समेत गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-२६ सुनाकोठी डेरा गरी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ घर भएकी कमला सिटौलाको कोठाबाट सुनका विभिन्न गहना लगायतका समान गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖