• Saturday 17th of October 2026

मन्दिरका घण्टी खोल्सामा


  • धनकुटा खबर
  • .

दैलेख । दैलेखको प्रसिद्ध बेलासपुर मन्दिरमा चढाएको घण्टीहरू सडकको खोल्सामा भेटिएको छ । बुधवार सडकमा काम गरिरहेका मजदुरहरूले घण्टीहरू बेलासपुर बिजौरा सडकको खोल्सीमा फेला पारेका हुन् ।

दैलेख सदरमुकाम नजिकै रहेको मन्दिरका घण्टीहरू चोरी भएको तीन दिन मात्रै जानकारी पाएको बेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र शाहीले बताए ।

उनका अनुसार नयाँ मन्दिर बनाउँदा पुरानो मन्दिरको घण्टी तानेर थुपारेर राखेको ठाउँबाट चोरी भएको जनाए ।

‘घण्टी उगालेर बेच्ने नियतले मन्दिरको ५/७ सय मिटर पूर्वतिर एउटा खोल्सामा लुकाएर राखेको रहेछ उनले भने, ‘सडकमा काम गर्ने कामदारले भेटाएर हामीलाई खबरवर गरेका हुन् । हामीले त्यहाँबाट जानकारी पाएको हो । प्रहरीलाई निवेदन दिएर मुचुल्का गरेर सामान मन्दिरमा ल्याएर राख्ने छौँ ।’

अध्यक्ष शाहीले घण्टी चोरी हुनुमा मन्दिरका पुजारीको लापरबाही देखिएको बताए । ‘दैनिक पूजा गर्न जाँदा पुजारीले हेर्नू पर्ने हो उनले भने, ‘घण्टी हराएको तीन दिनपछि मात्रै हामीले थाहा पायौँ ।’

यस्तै, पूर्वमन्त्री तथा राप्रपा पार्टी महासचिव कुन्तीकुमारी शाहीले दोषीलाई पत्ता लगाई कडा कारबाही गर्न आग्रह गरेकी छन् ।

‘धार्मिक आस्था माथि खेलबाड भएछ’, शाहीले भनिन्, ‘यो कसले र किन गरेको हो हामी प्रहरी प्रशासन राम्रोसँग छानबिन गर्न आग्रह गरेका छौँ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖