• Saturday 17th of October 2026

कंगनाबारे आपत्तिजनक पोस्टपछि कांग्रेस नेतृ सुप्रियाको आलोचना


  • धनकुटा खबर
  • .

मुम्बई । अभिनेत्री कंगना रनौटले कांग्रेस नेतृ सुप्रिया श्रीनेतको आपत्तिजनक टिप्पणीको जवाफ दिएकी छिन्। यो टिप्पणी सुप्रियाको नामको इन्स्टाग्राम अकाउन्टबाट गरिएको थियो । सुप्रियाले यो आपत्तिजनक टिप्पणी आफूले नगरेको दाबी गरेकी छन् ।

उनले आफ्नो फेसबुक र इन्स्टा एकाउन्टमा धेरैको पहुँच रहेको बताएकी छन् । तर सामाजिक सञ्जालमा मानिसहरूले उनको तर्कलाई स्वीकार गरेको देखिँदैन।कंगनाले एक्समा लेखेकी छन्, ‘प्रिय सुप्रियाजी, एक अभिनेताको रूपमा मेरो करियरको पछिल्लो २० वर्षमा मैले सबै प्रकारका महिलाहरूको भूमिका खेलेकी छु।

रानीमा निर्दोष केटीबाट धाकडको एक आकर्षक जासूससम्म, मणिकर्णिकाकी देवीबाट चन्द्रमुखीको राक्षससम्म, रज्जोको यौनकर्मीबाट थलाइवीको क्रान्तिकारी नेतासम्म।’

कंगना थप लेख्छिन्, ‘हामीले हाम्रा छोरीहरूलाई पूर्वाग्रहको बन्धनबाट मुक्त गर्नुपर्छ। हामीले उनीहरूको शरीरका अङ्गहरूप्रति जिज्ञासाभन्दा माथि उठ्नुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले यौनकर्मीहरूको चुनौतीपूर्ण जीवन वा परिस्थितिहरूलाई दुर्व्यवहार वा अपमानको रूपमा प्रयोग गर्नबाट जोगिनै पर्छ। हरेक महिला सम्मानको हकदार छन्।’

सुप्रियाको अकाउन्टबाट गरिएको कमेन्ट पछि डिलिट गरिएको थियो । यो कमेन्टपछि सामाजिक सञ्जालमा कंगनालाई केही मानिसले समर्थन गरेको देखिन्छ । योसँगै केही व्यक्तिले कांग्रेस र सुप्रिया श्रीनेटको पनि बचाउ गरिरहेका छन् ।

कंगना हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेको छ जसमा कंगनालाई मण्डीबाट टिकट दिइएको थियो।
बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖