• Tuesday 20th of October 2026

दुर्गा प्रसाईँका बडीगार्डलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँको बडीगार्डहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रामकुमार धिमाल र दीपक खड्कालाई छाड्ने आदेश दिएको हो ।

उनीहरु केही दिनअघि सर्वोच्च परिसरबाट हतियारसहित पक्राउ परेका थिए । उक्त हतियार मेडिकल व्यवसायी प्रसाईँले अनुमती लिएर राखेको थिए । वि एण्ड सी मेडिकल कलेजको मुद्दाको सुनुवाइका क्रममा प्रसाईँसँगै सर्वोच्च पुगेका बडीगार्डद्वयले हतियार पनि सँगै लगेपछि नियन्त्रणमा लिइएको थियो ।

प्रसाईँका बडीगार्डद्वयका परिवारले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल रिहाइका लागि भनेको हो ।

आदेशमा भनिएको छ, ‘हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖