• Tuesday 20th of October 2026

धनगढीका मेयर हमालकी छोरी आरती सकुशल फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ- भारतमा सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सकुशल फेला परेकी छन् ।

सोमबारदेखि भारतको गोवामा सम्पर्कविहीन भएकी हमालकी छोरी सम्पर्कमा आएको मेयर हमालले बुधाबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

छोरीको स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी गराउँदै मेयर हमालले खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।’सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु ।’ उनी लेख्छन्’खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।’

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖