• Tuesday 20th of October 2026

दुई मन्त्री सहित प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् ।

आज र भोली दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताएका छन्। उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उनले जानकारी दिए। साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने उनले बताए ।

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। साधारण सभाका लागि १ करोड खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖